काठमाडौं । बुधबार बोलाइएको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । मन्त्रीहरूको उपस्थिति नभएपछि बैठक स्थगित गरिएको हो ।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा ( माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका थिए । उनले मन्त्री उपस्थित नभकाले बैठक स्थगित गर्न माग गरे । उनले सरकारको उपस्थितिबिना बैठक नचल्ने नियमावलीको व्यवस्था स्मरण गराए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।





