२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

फरार सुचीमा रहेका पूर्व सांसद विश्वकर्मा कारागार चलान



पर्वत । वैदेशिक रोजगार न्यायाधिकरणबाट तोकिएको सजाय भोग्न बाँकी रहेर फरार सूचिमा रहेका पूर्व सांसद मिठा राम विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय पर्वतले ६ वर्षपछि पक्राउ गरेको छ।

२०७५ साल माघ २८ गतेको फैसलाअनुसार १ वर्ष २१ दिन कैद असुल उपर गर्न बाँकी रहेका पर्वत जिल्ला, कुस्मा नगरपालिका(८ चुवा स्थायी ठेगाना भएका ७२ वर्षीय मिठा राम विश्वकर्मालाई प्रहरीले फागुन २७ गते पक्राउ गरेको हो।

उनी हाल काठमाडौँ महानगरपालिका(१६ वनस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो । उहाँलाई पर्वत जिल्ला अदालत पेस गरी फैसला अनुसार सजाय भुक्तानका लागि पर्वत कारागार चलान गरिएको विष्टले बत्ताए ।

कारागार चलान भएका विश्वकर्मा नेपाली काङ्ग्रेसको तर्फबाट २०६४ सालमा बनेको अन्तरिम संसद सदस्य हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतले फरार प्रतिवादीहरूलाई खोजतलास गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  १२ : ०७ बजे