२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

राष्ट्रपतिद्धारा चार विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्‌को दुवै सदनबाट पारित भइ आएका विधेयक आइतबार प्रमाणीकरण गरेका हुन् ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युत व्यापार (इकमर्स) का सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ५ : ५० बजे