९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे बस्दै



काठमाडौं। नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपमा उक्त बैठक बस्ने कार्यबहाक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका छन । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।

कार्यसम्पादन समितिको बैठकमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ११ : ०७ बजे