८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एकैदिन पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यप्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान ११ बजे बस्नेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ, सरोकारवाला तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तरक्रिया गर्ने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

बैठक बिहान साढे १० बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : २३ बजे