२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

लोकतान्त्रिक अपाङ्ग संघमा गगन निकटका माधव चम्लागाईं लोकप्रिय मतसहित विजयी



काठमाडौँ । लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। नेपाली कांग्रेसको भ्रातृ संस्था रहेको संघको

गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएको थियो।

चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएको निर्वाचन समितिलृ जनाएको छ । चौलागाई गगन थापा पक्षका हुन् ।

अध्यक्ष पदका शेखर कोइरालानिकट मानिने उम्मेदवार विकास थापाले ८८ र प्रवक्ता प्रकाशशरण महतनिकट कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्।
अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापानिकट हुन्। चम्लागाईंलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ थियो।

उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ११ : ५९ बजे