काठमाडौं । प्रमुख प्रतिपक्ष दलहरुको बैठक बसिरहेको छ । नेकपा ९माओवादी केन्द्र०सहित विपक्षी दलहरूको बैठक बसेको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट कार्यवाहक सभापति डीपी अर्याल, स्वर्णिम वाग्ले, नेकपा ९एकीकृत समाजवादी०बाट अध्यक्ष माधव नेपालसहितका नेता सहभागी छन् ।
राजावादी सक्रिय भएपछि माओवादी केन्द्रसहितका दलहरूले गणतन्त्रको पक्षमा सडक प्रदर्शन गर्ने तयारी गरेका छन् । त्यस्तै
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलहरूले विरोध जनाएका छन् ।





