८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान हटाएको विरोधमा सदन र सडकबाट विरोध गर्ने विपक्षी दलहरूको निर्णय



काठमाडौं । राप्रपा बाहेकका विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा सरकारको विरोध गर्ने निर्णय गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले सदन र सडकबाट सरकारको निर्णयको विरोध गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रमुख सचेतक सन्तोष परियारले विपक्षी दलहरूको बैठकले अलोकतान्त्रिकरूपमा विधि मिचेर सरकारले घिसिङलाई हटाएको निष्कर्ष निकालेको जानकारी दिए । सरकारले घिसिङलाई दुईतिहाइको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरूको आरोप छ ।

ूनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अलोकतान्त्रिक तरिकाले, दुईतिहाइको दम्भका साथ पार्टीहरूको सरकारले गलहत्याउने काम गरेको उनीहरुको आरोप छ । बैठकमा बिपक्षी राप्रपालाई भने बोलाइएको थिएन ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ११ : ०८ बजे