२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

तीनकुनेमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँड्ने मुनिन्द्रराज भण्डारी बालाजुबाट पक्राउ



काठमाडौं । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं सहयोगी एक युवक पक्राउ परेका छन्।

शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भण्डारीलाई बालाजुबाट पक्राउ गरेको उनले बताए।

ुप्रसाईंका सहयोगी हुन्, शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँडेका थिए ।
फरार रहेका दुर्गा प्रसाईंलाई भने प्रहरीले अझै सम्म पनि पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ९ : ३१ बजे