७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसलाविरुद्ध आइतबार ९चैत १७० सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवनका तत्कालीन कार्यक्रम निर्देशक बलराम थापासहित सातजनाविरुद्ध आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

निर्देशनालयका तत्कालीन निर्देशक थापा, लेखा अधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मासहितका प्रतिवादीविरुद्ध ४७ लाख ३७ हजार ६२९ रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोपमा विशेषमा मुद्दा दायर गरिएको थियो ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–५, जिरीखिम्ती माझगाउँमा आम्फुवा पशु हाटबजार निर्माणमा कामभन्दा बढी भुक्तानी गरेकाले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगोबमोजिम जरिवाना समेत माग गरी मुद्दा दायर गरिएको थियो ।

आयोगले दायर गरेको मुद्दामा विशेषले ०८० फागुन १ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १० : १७ बजे