२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

तीन दिनयता काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहर



काठमाडौँ । नेपालमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायुप्रदूषण बढ्दा जनजीवन प्रभावित बन्न थालेको छ । सुक्खा र कडा गर्मीसँगै बढेको डढेलो र आगलागीले मानव स्वास्थ्य प्रतिकूल हुने गरी वायुप्रदूषण बढाएको हो ।

गत दुईरतीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाडौँका विभिन्न स्थानमा अति हानिकारक वायुको गुणस्तर सूचक ९एक्युआई० दुई सयभन्दा माथि देखाइरहेको छ । एक्युआई ०–५० राम्रो, ५१–१०० मध्यम १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ र १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि खतरनाक तह पुगेको सङ्केत मानिन्छ ।

नेपालको वायुमा कार्बनमोनोअक्साइड, ओजोन, नाइट्रोजन, सल्फरडायोअक्साइड जस्ता अस्वस्थकर ग्यास तथा धुलोका ठुलासाना कणको मात्रा उच्च रहेको विश्वव्यापी वायुप्रदूषण सूचकले औँल्याइरहेको छ । जसले दक्षिण एसिया र विश्व परिदृश्यमै नेपालको वायुप्रदूषण कडा बनेको देखाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १० : ५६ बजे