२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

४ पहिनापछि कामपाका प्रशासकीय अधिकृत गुरागाईँ कार्यकक्षमा, जनप्रतिनिधि र कर्मचारीको बलमा कार्यकक्ष प्रवेश



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् ।

महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यालयमा प्रवेश गराएका हुन् ।

गुरागाईँलाई रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको थियो । तर, जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका हुन् ।

काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गरेका थिए । । जवाफमा मन्त्रालयले उहाँलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १ : २९ बजे