२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

रास्वपा सभापति लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश



काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश गरेको छ ।

यसअघि रुपन्देही जिल्ला अदालतले दिएको फैसला उल्ट्याउँदै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालत बुटवल इजालासले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएसँगै रवि लामिछाने पुन जेल जानुहुने भएको छ

।यसै गरी छविलाल जोशीलाई सम्बन्धमा भने यसअघि जिल्ला अदालत रुपन्देहीले गरेको थुनामा पठाउने आदेश सदर गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ८ : ०१ बजे