८ मंसिर २०८३, सोमबार | Mon Nov 23 2026

बालेनले मोदीलाई दिए रुद्राक्ष उपहार



काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदी नेतृत्वको टोलीबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको रुद्राक्ष उपहार प्रदान गरेका थिए ।
भेटका क्रममा द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ ।भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
त्यस्तै भारतका तर्फबाट विदेशमन्त्री डा.एस जयशंकरलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८३, सोमबार  १२ : २८ बजे