रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा संगिठत अपराध मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेपछि उनलाई पक्राउ गरेर आज बिहान पुर्पक्षका लागि भैरहवा स्थित कारागार चलान गरिएको हो ।
जिल्ला अदालतको चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।
उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।
पूर्व गृहमन्त्री लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको जिल्ला कारागार कार्यालय सिद्धार्थनगर, रुपन्देहील जनाएको छ ।
भैरहवा कारागारमा हाल ५९४ जना कैदी बन्दी छन्।