२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

दुर्गा प्रसाईं लाई भद्रपुरबाट नियन्त्रणमा लिइयो: प्रहरी प्रवक्ता



काठमाडौँ । दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको उल्लेख गरेका छन्।

प्रहरीका अनुसार चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रसाईं फरार थिए।

प्रसाईंलाई भारतको असामबाट झापा ल्याएर प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रसाईले गत चैत १५ गते राजतन्त्र पक्षधरको प्रर्दशनीको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ११ : ३४ बजे