१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

अछामको जयगढमा आगलागी : २७ घर जले, सात करोडको क्षति



अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको आगलागीमा २७ घर जलेका छन् । प्रारम्भिक अनुमानबाट आगलागीले सात करोड रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिन्डर विष्फोट भएपछि आगलागी भएको थियो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

प्रहरी प्रमुख भण्डारीले पीडितबाट क्षतिको विवरण संकलन गर्ने भइरहेको बताए । रासस

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १० : ५३ बजे