१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा



काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार (चैत ३०) भएको आगलागी नियन्त्रणमा लिइएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपीलराज बोहराले जानकारी दिए ।

उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।” रासस

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ९ : २९ बजे