३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025

रवि लामिछानेको निवेदन सर्वोच्‍चका न्यायाधीश ढुंगानाको इजलासमा



काठमाडौँ । रास्वपा सांसद रवि लामिछानेको उच्च अदालत बिरुद्धको पुनरावेदनको निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ ।
पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले सर्वोच्‍च अदालतमा दायर गरेको निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेपछि शुक्रबार लामिछानेले सर्वोच्चमा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दायर गरेका थिए।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १२ : ४१ बजे