१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

भोली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक वैशाख १७ गते ९बुधबार० दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

ूबैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,ू पौडेलले मंगलबार जारी गरेको सूचनामा भनिएको छ । एक दिन अघि एक कार्यक्रममा माओवादी अध्यक्षले अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने अभिब्यक्ति दिएपछि सरकार फेरबदलको चर्चा चलिरहेका छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ५७ बजे