३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

अमेरिका-चीन व्यापार युद्धको मारमा विश्व



काठमाडौँ । अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ चर्किँदै जाँदा दुबै देशले एकअर्कामथि सामान आयात गर्दा चर्को शुल्क लगाएको विषयमा धेरैको ध्यान केन्द्रित भएको छ।

चीनले कर वृद्धिसँगै ‘रेअर अर्थ’ वर्गमा पर्ने निकै महत्त्वपूर्ण खनिज पदार्थहरू र चुम्बकको निर्यातमा अङ्कुश लगाएपछि अमेरिका अप्ठ्यारोमा परेको छ।

बेइजिङको कदमले ती खनिज पदार्थमा अमेरिकाको परनिर्भर पनि उदाङ्गो भएको बीबीसीले उल्लेख गरेको छ ।

रासायनिक समानता भएका १७ वटा तत्त्वहरू ‘रेअर अर्थ’ वर्गमा पर्छन्।

विभिन्न हाइ(टेक अर्थात् उन्नत प्रविधिका सामग्री उत्पादन गर्न यी तत्त्वहरू अत्यावश्यक हुन्छन्।

लेजर शल्यक्रिया र एमआरआई स्क्यानजस्ता चिकित्सकीय महत्त्वका प्रविधिको उत्पादनमा पनि रेअर अर्थ पदार्थहरू अत्यावश्यक हुन्छन्। प्रतिरक्षा प्रणालीमा प्रयोग हुने मुख्य प्रविधिमा पनि यी पदार्थहरूको ठूलो महत्त्व छ।।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ०९ बजे