२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

लगातार बढेको सुनको मूल्य आज भने स्थिर



काठमाडौँ । नेपाली बजारमा शुक्रवारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला रू एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : १४ बजे