२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

एक तोला सुनको मूल्य दुई लाखनजिक



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ । त्यसको असर नेपाली बजारमा पनि परेको छ ।

मंगलबार ९वैशाख ९० एक तोला छापावाल सुनको मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबार ९वैशाख ८०को तुलनामा यस दिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ११ : ३० बजे