४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

नागरिक लगानी कोषले दियो सहभागीलाई प्रतिफल



काठमाडौँ । नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रममा सहभागीलाई एक अर्ब ५२ करोड रूपैयाँ प्रतिफल प्रदान गरेको छ।

कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तसम्म कोष मौज्दात रहेका सहभागीलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो।

बचत वृद्धि अवकाश कोषका सहभागीको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ।

यसअघि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको थियो।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ३२ बजे