काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले लोकतन्त्रविरुद्ध आवाज उठ्न थालेको भन्दै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
महाराजगञ्जस्थित आज आफै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । त्यस्तै उनले नेताहरूले मात्र लोकतन्त्र जोगाउन नसक्ने भन्दै कार्यकतालाई ‘लोकतन्त्र जोगाउने पक्षमा लाग्न आह्वान गरे । कोइरालाले नेपालको विकास विकेन्द्रीकरणबाट हुने भन्दै नेताहरूको केन्द्रीकृत सोच बाधक बनिरहेको बताए । उनले भने –
“संघीय लोकतान्त्रिक गणतन्त्र लागु भएपछि पनि नेताहरूको दिमागबाट केन्द्रीकृत सोच निकाल्न सकिएन । त्यसैले अहिले नागरिकमा निराशा देखिँदै छ,” डा। शशांकले भने, “सातवटा प्रदेश बनेका छन्, तर प्रदेशलाई आफ्नै ढंगले चल्न कानुन र स्रोतसाधन दिन सकिएको छैन । हुनुपर्ने विकास भएको छैन ।”
चियापानमा कांग्रेस संस्थापन पक्षका प्रकाशमान सिंह, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा। प्रकाशरण महत सहभागी भएका थिए भने अन्य नेता–कार्यकर्ताहरुको पनि बाक्लो उपस्थििति रहेको थियो । कोइरालाले लोकतन्त्र दिवसका अवसरमा चियापान आयोजना गरेका हुन् ।







