२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

आधारभूत विषयमा सम्झौता गर्नुपर्ने स्थिती आए कांग्रेस सरकारबाट बाहिरिनुपर्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित आजको लोकतन्त्र स् अवसर र चूनौति विषयक कार्यक्रममा बोल्दै थापाले बाध्यताका कारण कांग्रेस सरकारमा रहेको भन्दै आधारभूत विषयमा सम्झौता गर्नुपरे सरकारबाट बाहिर निस्कनुपर्ने बताएका हुन् ।

कांग्रेसका लागि सरकार नै सबैभन्दा ठूलो कुरा नभएको उनको भनाइ छ । थापाले कांग्रेसले समस्याको कुरा गरेर मात्रै नहुने उल्लेख गर्दै समाधान पनि दिन सक्नुपर्ने जिकिर गरे । उनले पूर्वराष्ट्रपति फर्केर दलमा आउने कुराहरू चलिरहँदा कांग्रेसले भने पूर्वराष्ट्रपतिलाई दलमा फर्काउन नहुने बताए ।

पूर्वराष्ट्रपति, उपराष्ट्रपति लगायतका पदमा पुगेकाहरूले संस्थाको गरिमा राख्नुपर्ने उनको भनाइ छ । थापाले गणतन्त्रका विषयमा भाग्ने वा उत्तेजित हुनुपर्ने अवस्था नरहेको भन्दै जनतालाई सम्झाउन सक्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : ३७ बजे