२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपाल–भारत जमुनाहा नाकामा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँचमा कडाइ



नेपालगन्ज । भारतको कश्मीरमा पर्यटकहरुमाथि भएको आतङ्कारी हमलापछि यहाँस्थित नेपाल–भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा कडाइ सुरु गरेको छ ।

यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनिहरुको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ ।

नाकाबाट आवागमन गर्ने सवारी साधनहरुमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताए ।

उनले नेपाल–भारतको नेपालगन्ज नाका पनि निकै संवेदनशिल मानिएकाले यो नाकामा चेकजाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरुमा समेत गस्ती गरिरहेको बताए ।

यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सीमापारी भारतीय रुपैडिहा प्रहरी चौकीका प्रमुख प्रहरी निरिक्षक बताए।

उनले केन्द्रबाट नै सीमा नाकामा कडाइ गर्ने र आवागमन गर्ने हरेकमाथि कडा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम नाकामा कडाइ गर्नुका साथै गस्ती र पेट्रोलिंग बढाइएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : २९ बजे