नेकाठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन्।
कांग्रेसको उद्योग तथा व्यापार विभागले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा बोल्दै थापाले भने, ‘सरकार भनेपछि बस्नका लागि मात्र भएर हुँदैन, सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ। रिजल्ट चाहिन्छ। हामी त रिजल्टमा काम गर्न चाहन्छौं।’
अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो समीकरणलाई निरन्तरता दिइने पनि बताए।
‘हामी अहिले नेकपा ९एमाले० सँग सरकारमा छौं, कांग्रेसको तर्फबाट हाम्रो प्रतिबद्धता छ( हामी तलमाथि कुनै पोलिटिकल एड्भेन्चरमा लाग्दैनौं, यसलाई सहज ढंगबाट अघि बढाउँछौं, तर यो समयको हामी सदुपयोग गर्न चाहन्छौं,’ उनले भने।
न्युज एजेन्सी नेपाल





