काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन आगामी मङ्सिरमा हुनुपर्ने भए पनि कोही पदाधिकारी नबोलेको बताएका छन् ।
विपी कोइराला सोसलिस्ट इन्टरनेसनल नेपालद्वारा सोमबार काठमाडौँमा आयोजित ‘विपीको समाजवाद र स्थानीय सरकार’ नामक पुस्तक लोकार्पण तथा ‘आजको सन्दर्भमा विपीको समाजवादी चिन्तनको सार्थकता र सान्दर्भिकता’ विचार गोष्ठीमा बोल्दै कोइरालाले यस्तो बताए ।
उहाँले पार्टीका भ्रातृ संस्थाहरू लथालिङ्ग भएको पनि बताए । ‘‘पार्टीको १५औँ महाधिवेशन मङ्सिरमा हुनुपर्ने भएपनि यस विषयमा कोही नेतृत्व तथा पदाधिकारी नबोलेको अवस्था छ । यस्तो लथालिङ्ग अवस्थाले पार्टी चल्दैन,’’ कोइरालाले भने ।
सांसद कोइरालाले जनतालाई को प्रधानमन्त्री हुने र को मन्त्री हुने भन्नेमा सरोकार नभएको समेत बताए । उनले नागरिकहरूले धेरै नखोजेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न आग्रह गरेको धारणा राखे ।
उनले भने, “नेपाली कांग्रेसको कुरा गरौँ, भ्रातृ संस्थाहरू लथालिङ्ग छ, महाधिवेशन २०८२ को मङ्सिरमा हुनुपर्ने हो । तर हुन्छरहुँदैन, कोही नेतृत्वरपदाधिकारीहरू बोल्नुहुन्न । यसरी त पार्टी पनि चल्दैन, मुलुक पनि चल्दैन । को प्रधानमन्त्री हुने, को मन्त्री हुनेसँग जनतालाई सरोकार छैन । म सडकको जनताको कुरा गर्दै छु । नागरिकले धेरै कुरा खोजेका छैनन् । उनीहरूले तिमीहरू भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् ।”
उनले भ्रष्टाचारको नियन्त्रण र अनुसन्धान गर्ने राज्यका संयन्त्रहरू कमजोर भएको पनि बताए ।





