३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

प्रतिनिधि सभा बैठक ११ बजे बस्दै, यी हुन् कार्यसूचि



काठमाडौँ । आज प्रतिनिधि सभा बैठक ११ बजे बस्दैछ। आज बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव, र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेकार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ५७ बजे