४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कांग्रेस संसदीय दलको निर्णय-नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन



काठमाडौँ । नेपाली काँग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले संघीय संसद्मा पेस भएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि त्यसै अनुसार आगामी वर्षको बजेट पनि आउनुपर्ने बैठकको निष्कर्ष रहेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

प्रमुख सचेतक घिमिरेले संसद्मा विधेयक निर्माणको कामले गति लिन नसकेकाले अबका दिनमा त्यसलाई तीव्रता दिने गरी पार्टी लाग्नुपर्ने र काँग्रेसले देखिने गरी भूमिका खेल्नुपर्ने निष्कर्ष पनि आजको बैठकले निकालेको बताए ।

यस्तै काँग्रेस संसदीय दलको बैठकमा शिक्षक महासङ्घसँग भएको सहमति अनुसार असार १५ गते भित्र निकास दिने गरी विधेयक पारित गर्न सबै सांसद प्रतिबद्ध हुनुपर्ने र त्यस अनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : २९ बजे