काठमाडौा । स्थानीय बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। यो शुक्रबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको थियो।





