८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

क्रिकेटर आलमको प्रतिबन्ध फुकुवा



काठमाडौँ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले क्रिकेटर मोहमद आदिल आलममाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।

आलमलाई २०७९ सालको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ ९खेल मिलेमतो० गरेको आरोपमा प्रतिबन्ध गरिएको थियो ।

क्यानले सोमबार विज्ञप्ति जारी गर्दै आलममाथि लगेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलमाथिको प्रतिबन्ध फकुवा गरेको उल्लेख गरेको छ ।

क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदनको आधारमा आलमलाई फुकुवा गरेको पनि जनाएको छ । यससँगै अलराउन्डर आलमको राष्ट्रिय टोलीमा खेल्ने बाटो खुलेको छ ।

फिक्सिङको आरोप लागेका आलम र अर्का क्रिकेटर महबुब आलमले यसअघि नै काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : १६ बजे