२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले वृद्धि



काठमाडौँ ।  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

। सोमबार प्रतितोला रु एक लाख ८४ हजार ६०० मा किनबेच भएको सुन आज बढेर रु एक लाख ८९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १२ : १६ बजे