२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

नेप्से उच्च अंकले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । आज भएको सेयर कारोबारमा नेप्से परिसूचक ६२.२५ अंक बढेको हो । ६२ अंक बढेसँगै बजार मापक २६७३.६९ अंकमा उक्लिएको छ ।

बजार बढ्दा २२७ कम्पनीको सेयर मूल्य बढेको छ । १८ कम्पनीको सेयर मूल्य घटेको छ । १० अर्ब ५१ करोड ८४ लाख ६ हजार रुपैयाँ बराबरको दुई करोड ७२ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । ९९ हजार ३०५ पटकमा ३०८ कम्पनीको सेयर खरिदबिक्री भएको थियो ।

नेपाल माइक्रो फाइनान्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, ओम मेगा श्री फर्मटिकल्सको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।

ङादी हाइड्रो, लक्ष्मी भ्यालु फण्ड, मुक्तिनाथ डिबेन्चर, मनकामना इन्जिनियरिङ, सर्पोट माइक्रो फाइनान्स उच्च गुमाउने शीर्ष कम्पनीमा परे ।

सबैभन्दा धेरै फाइनान्स समूह ५।४७ प्रतिशत बढेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ४ : ३० बजे