१ आश्विन २०८३, बिहिबार | Fri Sep 18 2026

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता जारी रहेको सचिवालयले जनाएको छ।

लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन। उनीहरूबीच यस विषयमा पनि कुराकानी हुने भएको छ।

गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा।डा। विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका थिए।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ११ : ५० बजे