काठमाडौं । नेपाली बजारमा एकैदिन सुनको मूल्यमा भारी वद्धि भएको छ । आज बुधकार सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ ।





