७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

जुम्लाको तिलामा असिनापानीले स्याउ बगैँचामा क्षति



जुम्ला । असिनासहितको वर्षाले जुम्लाका स्याउ बगैँचामा क्षति पुर्‍याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पुर्‍याएको हो ।

विशेष गरेर राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमीलगायत बालीनाली स्याउ, ओखरमा असिना पानीले क्षति गरेको वडाध्यक्ष धनबहादुर रावतले जानकारी दिए । झन्डै आधा फिट असिना परेको थियो । वडाध्यक्ष रावतले भने, “पाकेको बाली असिनाले खेतबारीमै झारेको छ । सिमी, आलु, मकै, फापर लगायतको बाली नष्ट पारेको छ । स्थानीय सरकारदेखि प्रशासनलाई राहतका लागि पहल भइरहेको छ ।”

असिनाले राँसाका ११० र मालापानी गाउँका ६८ घरधुरी प्रभावित बनेको वडाध्यक्ष रावतको भनाइ छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १० : २१ बजे