१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

देउवाले बोलाए पदाधिकारी बैठक,



काठमाडौं । सोमबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबार बस्नेगरी पदाधिकारी बैठक आह्वान गरेका हुन्
।सोमबार बिहान ९ बजे बुढानीलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यताको विषयमा छलफल हुने बताइएको छ ।

महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब बढेपछि मुख्यतया बैठक आह्वान गरिएको हो । कांग्रेसका भित्र भने लेखकले राजीनामा दिनुपर्ने वा नपर्नेबारे दुई धार देखिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १ : १२ बजे