३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

पहेँलो र सेतो धातुसँगै २८ लाख नगद बोकेका भारतीय नागरिक कोटेश्वरबाट पक्राउ



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले ठुलो परिणाममा पहेँलो र सेतो धातुसँगै २८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ। परिसरका सूचना अधिकारी अपिलराज बोहराका अनुसार महानगरपालिका ३२ कोटेश्वरको सेती ओपी मार्गमा चेकजाँच गर्नेक्रममा नगद र शंकास्पद धातुसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

सूचना अधिकारी बोहराका अनुसार प्रहरीले भारतको महाराष्ट्र घर भएर काठमाडौँको कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेश मगरलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले मगरेको साथबाट सुन जस्तो देखिने पहेँलो धानु ७३४।२९ ग्राम, जाँदी जस्तो देखिने धातु ९ केजी पाँच सय ग्रम र नगद २८ लाख ९३ हजार रुपियाँ बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  २ : ५१ बजे