२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

अर्थ मन्त्रालय भन्छ- बजेटसँग सम्बन्धित विवरण प्रकाशनको अन्तिम तयारी छौँ



काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२र८३ को बजेटसँग सम्बन्धित आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगतिलगायत विवरण प्रकाशन गर्न लागेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर यसको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

त्यस्तै, प्राविधिक सहायता परिचालनसम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकलगायतको पनि तयारी जारी रहेको बताइएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८२र८३ को बजेट सिद्धान्त तथा प्राथमिकता यसअघिनै संसद्‍मा पेस गरिसकेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ३ : ०४ बजे