२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

स्रोतको अभाव भन्दै कर्मचारीको तलब बढेन , महँगी भत्ता पाँच हजार पुर्‍याइयो



काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतको व्यवस्थापनमा परेको दबाबका कारण राष्ट्रसेवकको तलब वृद्धि गर्न सम्भव नभएको बताएका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२र८३ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्दै उहाँले महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पु¥याइएको बताए ।

“राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरुप तलब वृद्धि गर्न सम्भव भएन”, उपप्रधानमन्त्रीले भन्नुभयो, “तथापि सबै राष्ट्रसेवकलाई आगामी साउनदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पु¥याइएको छ ।”
अघिल्लो बर्ष पनि कर्मचारी तलब बृद्धि नभएकाले यस पटक तलब बृद्धिको अपेक्षा गरिएको थियो । तर स्रोतको कारण देखाउदै तलब बृद्धि गर्न नसकिएको सरकारले बताएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ६ : १४ बजे