२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

बजेट सुनाइएको मात्र हैन,पूर्ण कार्यान्वयन हुन्छ: अर्थमन्त्री



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमा पूर्ण हुने दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८२र०८३ को बजेट सार्वजनिक भएको दोस्रो दिन ९शुक्रबार० आयोजित पत्रकार सम्मेलनमा उनले चर्चाका लागिभन्दा सन्तुलित विकासका लागि यथार्थपरक बजेट प्रस्तुत गरिएको बताए ।

“कान पवित्र गर्नका लागि सुनाइएको हैन, बजेट कार्यान्वयन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु,” मन्त्री पौडेलले भने, “बजेटको आकारबारे धेरै टिप्पणी नभए पनि आम्दानी र खर्चको दृष्टिकोणबाट यो व्यावहारिक छ, विकासका निम्ति वैकल्पिक वित्त स्रोत तथा कोषको प्रयोग गर्ने भनेका छौँ ।”
उनले प्रस्तुत बजेट लक्ष्य हासिल गर्नसक्ने सीमाभित्र रहेको समेत स्पष्ट गरे । जीडीपीको ५.५ प्रतिशतको अनुपातमा आन्तरिक ऋण उठाउने सीमा तोकिएको भए पनि त्यसलाई सबै उपयोग नगरिएको उनले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १ : ५५ बजे