काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद सेयरमा आवेदन दिने समयावधि थप भएको छ।
वैशाख ३० गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा माग बमोजिम आवेदन नपरेकोले समयावधि थप गरिएको हो।२ साता थप गरिएकोले अब सेयरधनीहरूले असार ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गरेको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धक रहेको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरू,नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।





