७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्यमा बृद्धि



काठमाडौं ।स्थानीय बजारमा सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम छ । बुधबार ९जेठ २१० छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ११ : १० बजे