७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : ३५ बजे