१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

आज संसद चलेको अवस्थामा यी बिषयमा हुनेछ छलफल



काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो २ बजे बस्ने तय भएको छ।

भिजिट भिसा प्रकरणको छानबिन समिति बनाएर गर्नुपर्ने विपक्षी दलको अडान र समिति बनाउनु नपर्ने सत्तापक्षको अडानका कारण आइतबार सहमति नजुट्दा प्रतिनिधि सभा बैठक पनि सुरू हुन सकेन।
बिपक्षी पछि हटी संसद चलेको अवस्थामा यी बिषयमा हुनेछ छलफल

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन्।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ११ : ५७ बजे