काठमाडौं आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । । संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।





