१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

दुईवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । बुधबार दुईवटा संसदीय समितिको बैठक बस्दै छ । विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १० : ३१ बजे