१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मुलुक पुरानो व्यवस्थामा फर्किंदैन, कमजोरी सुधारौँ : प्रचण्ड



म्याग्दी । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्किने बताएका छन् ।

अन्नपूर्ण गाउँपालिका–३, स्थित ज्ञानप्रकाश नमुना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्किने बताए ।

“यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ,” उनले भने ।

साथै, उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुग्ने गरेको पनि बताए ।

अर्को प्रसंगमा उनले कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास हुने बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १० : ३३ बजे